'फिस्टेल ड्रिम पार्क' जहाँ एकैपटक ५ हजारले मस्ती गर्छन्

पाेखरा | साउन १५, २०७९

'फिस्टेल ड्रिम पार्क' जहाँ एकैपटक ५ हजारले मस्ती गर्छन्

पोखराः पोखराको महतगौंडामा अन्तर्राष्ट्रियस्तरको फिस्टेल ड्रिम पार्क सञ्चालनमा आएको छ । 

 

असोजमा औचपारिक उद्घाटन गर्ने योजना भएपनि पार्क निर्माण सकिएपछि सञ्चालनमा ल्याइएको हो । ‘वाटर स्पोर्टस्’ र ‘फनपार्क’ समेत भनिने पार्क अन्तर्राष्ट्रियस्तरको रहेको सञ्चालकमध्येका कमल बस्नेतले जानकारी दिए । 

 

पोखरा प्रायः प्राकृतिकरुपमा चिनिएपनि पार्कले संरचनागत हिसाबले पनि चिनाउने उनले बताए । पोखराकै ठूलो मानिएको पार्कमा एकैपटक ५ हजारसम्मले रमाउने वातावरण तय गरिएको छ । 

 

‘पार्क ठूलोमात्र हैन’ बस्नेत भन्छन् ‘सुरक्षित पनि छ ।’ पार्कमा २ दर्जनजति फरक गतिविधि गर्न सकिने बस्नेतको भनाई छ । 

 

६५ रोपनी क्षेत्रफल ओगटेको पार्कमा  वेभपुल, रोलरकोस्टर, ५ स्वीमिङपुल र विभिन्न इन्डोर गेम रहेका छन् । त्यस्तै, पार्कभित्र फुडकोर्टसमेत रहेको छ । पार्क सञ्चालनमा १३ जनाले करिब ५० करोड रुपैयाँको हाराहारीमा लगानी गरेको बस्नेतले बताए । 

 

पार्क प्रवेशका लागि २ सय रुपैयाँ टिकट दर तोकिएको छ । त्यस्तै, त्यहाँ रहेको सम्पूर्ण गतिविधिमा सरिक हुन १२ सय रुपैयाँ शूल्क तोकिएको छ । प्याकेजबाहेक रुचिअनुसारको खेलमा १ सय ५० देखि ३ सय रुपैयाँसम्म लिइने उनले जानकारी दिए । 

 

यहाँ वाटर र ड्राइपार्क रहेको छ । ड्राइपार्कको प्याकेज शूल्क ४ सय ५० रुपैयाँ रहेको छ भने बालबालिकालाई हाल ५० प्रतिशत छूट दिइएको छ । 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्